कप्तानगञ्जमा प्रहरीको गोली लागेका रवीन्द्र मेहताको काठमाडौंमा निधन

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका रविन्द्र मेहताको उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पतालमा निधन भएको छ । घटनापछि गम्भीर अवस्थामा रहेका मेहतालाई थप उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उपचार…

कप्तानगञ्जमा प्रहरीको गोली लागेका रवीन्द्र मेहताको काठमाडौंमा निधन

 सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका रविन्द्र मेहताको उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पतालमा निधन भएको छ ।

घटनापछि गम्भीर अवस्थामा रहेका मेहतालाई थप उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ ।

उनको निधनको खबरसँगै परिवार, आफन्त तथा स्थानीयवासी शोकमा डुबेका छन् ।