सिलिकनमा मिसाएर लागुऔषध तस्करी, कोलोम्बियाबाट आएकी महिला कोकेनसहित पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले चार किलो २५८ ग्राम कोकिनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ। ब्युरोको टोलीले गत असार ३१ गते कोलम्बियाबाट दोहा हुँदै कतार एयरवेजको उडान नम्बर ‘क्युआर ६४६’द्वारा काठमाडौं आएकी ६२ वर्षीया कोलम्बियन नागरिक योनेथ गार्जन काइसेडोलाई पक्राउ ग…

सिलिकनमा मिसाएर लागुऔषध तस्करी, कोलोम्बियाबाट आएकी महिला कोकेनसहित पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले चार किलो २५८ ग्राम कोकिनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ।

ब्युरोको टोलीले गत असार ३१ गते कोलम्बियाबाट दोहा हुँदै कतार एयरवेजको उडान नम्बर ‘क्युआर ६४६’द्वारा काठमाडौं आएकी ६२ वर्षीया कोलम्बियन नागरिक योनेथ गार्जन काइसेडोलाई पक्राउ गरेको हो।

ठमेलबाट नियन्त्रणमा लिएको ब्युरोको टोलीले उनको सुटकेसमा फल्स बटम बनाई ब्लांकेट, म्याट, ज्याकेट, एप्रोन र नेक पिलोभित्र सिलिकनमा मिसाई लुकाएर राखेको अवस्थामा चार किलो २५८ ग्राम कोकिन बरामद गरेको हो।

थप अनुसन्धानको सिलसिलामा कोलम्बियन नागरिकसँग कोकिन लिन भारतको मणिपुरबाट काठमाडाैं आएकी ३७ वर्षीया रिबेका पुल्लेलाई प्रहरीले साउन ३ गते आइतबार पक्राउ गरेको हो।