परिवारसगैं जापानमा बस्दै आएका मुसिकोटका खत्रीको मृत्यु !

मेघराज रिष्मेली,जापान : जापानमा एकजना नेपालीको मृत्यु भएको छ । जापानको ओसाकामा कुक भिषामा कार्यरत गुल्मी जिल्ला मुसिकोट नगरपालिका- ९ डासिकोट घर भएका ३६ वर्षीय नारायण बहादुर खत्रीको मंगलबार मृत्यु भएको हो । करिब २ वर्ष अघिमात्र जापान आएका खत्री लामो समयदेखि मुटुसम्बन्धी बिरामी रहे…

परिवारसगैं जापानमा बस्दै आएका मुसिकोटका खत्रीको मृत्यु !
मेघराज रिष्मेली,जापान : जापानमा एकजना नेपालीको मृत्यु भएको छ । जापानको ओसाकामा कुक भिषामा कार्यरत गुल्मी जिल्ला मुसिकोट नगरपालिका- ९ डासिकोट घर भएका ३६ वर्षीय नारायण बहादुर खत्रीको मंगलबार मृत्यु भएको हो । करिब २ वर्ष अघिमात्र जापान आएका खत्री लामो समयदेखि मुटुसम्बन्धी बिरामी रहेको र हाल उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जापान नेपाली एकता समाजका केन्द्रित उपाध्यक्ष भिम केसीले जानकारी दिए । ११ दिन अघि बहोस भै अस्पतालमा पुर्याइ उपचारका क्रममा मंगलबार बिहान खत्रीको मृत्यु भएको अस्पतालले जानकारी दिएको पारिवारिक स्रोतलाई उदृत गर्दै के सीले जानकारी दिए । मृतक खत्री श्रीमति सहित जापान बस्दै आएका थिए । श्रीमती जापान आएको पनि अझै एकवर्ष नपुगेको के सीले जानकारी दिए । घरमा वृद्ध बुवा आमा र एक छोरा एक छोरी रहेका छन । लामो समयदेखि मुटु रोगी स्वर्गीय खत्रीको अगस्ट १९ तारिक बिहिबार जापान मै अन्तिम संस्कार गरिने भएको छ ।