प्रेमिल आकाश उ, त्यो डाँडामाथि झुल्किएको घामसँग म एउटा प्रेमिल आकाश खोजिरहेछु जहाँ पोखिन्छन् उज्याला किरणहरु गोधुली साँझसँग रमाउने चराहरुसँग न्यानोपन खेलिरहेको देखिरहेछु उनीहरुको सम्वादसँग प्रेमिल आकाश छ र प्रेमको आस्था छ। चेतनाको घाम लागेको मनसँग त्यही आँगनबाट म हराएको देश खोजिरहेछु जहाँ पहिचान छ त्यही किनारामा उभिएर उसको टुक्रिएको आकृति हेरिरहेछु आँखा, गिदी, खप्पर, हात, खुट्टाहरु। त्यही खण्डहरसँग म आफ्नै नश्ल खोजिरहेछु त्यही वक्ररेखाहरुसँग टुक्रिएको मन थिलथिलो अस्मिता विभत्स सहिष्णुता छ त्यही चराहरुको प्रेमिल आकाशजस्तै म मान्छेको प्रेमिल मन खोजिरहेछु।
वाइन र से'क्स तरुनो बताससँग से'क्स गरेँ वाइनको नशाजस्तै झम्म पार्यो अतृप्त बैंसालु मन त्यो नयाँ तन्नेरी तनको थियो नयाँ अनुभूतिको थियो त्यो स्वणिर्म पल। वाइनको नशाजस्तै यौवन पोखिएको कौमार्य चुहेको वाइनजस्तै पिएँ अतृप्त पल मैले। मैले तरुनो विचारसँग सेक्स गरें जीवनसँग स्वयंसँग अनि समयसँग र वाइनसँग फक्रिएको कौमार्य पिएर त्यसका थोपासँग स्वयं आफूलाई निलेर बमन गर्न चाहन्छु एउटा परिवर्तन। त्यो प्रेमित्व चुम्बन न्यानो सहवासबाट म जन्माउन चाहन्छु नयाँ इतिहास जुन इतिहासमा तिमी उठ्नेछौ म उठ्नेछु हामी उठ्नेछौं र त्यो समय उठ्नेछ त्यो सेक्स? नयाँ उत्सवको लागि हुनेछ वाइन? त्यो प्रेमिल रातको लागि मात्र उल्लासको लागि र नयाँ कायापलको लागि हुनेछ। प्रश्न कामरेडलाई प्रिय कामरेड यौवना रहरमाथि एम्बुस पड्काएर तन्नेरी सपनामाथि बारुद हानेर वर्तमानलाई विभत्स पारेर कुन नव सपना उमार्छौ? युवतीको तन्नेरी सुहाग खोसेर आफैं उभिएको सीमा रेखा कुल्चिएर आमाको अस्मितामाथि कोर्रा हानेर कुन स्वाभिमानको पहाड उक्लिन्छौ? प्रिय कामरेड, शिशिरको याममा बेमौसमको वर्षा पार्ने रातलाई निलेर उजेली जन्माउने सपना तुहाएर तिमी कस्तो देशभक्ति अलाप्छौ? प्रिय कामरेड! देशका हाड छाला मासुका बण्डल टाउका, छाती, खुट्टा तौलेर कस्तो सभ्यताको स्मारक उभ्याउँछौ? घामका किरणहरु ताप्दै गरेका कलिला शिशुहरु ज्वानोको झोल पिएर पग्रिएका स्तनहरु चुस्ने त्यसै वर्तमानसँग र गोधुली सन्ध्यामा गुँडमा फर्किएका मलेवा जोडीहरु प्रेमिल क्षण खोसिएकाहरु असमयमै तुहाइएका भ्रुणहरु ती सबै ब्यूँझिएर वर्तमानमा तिमीसँग प्रश्न गर्दैछन्- प्रिय कामरेड ! हामीले बलिदान गरेको देश पसिना बगाएको देश रगत बगाएको देश किन यति कुरुप? प्रेम र बूढो फेदाङ्बा फेदाङ्बा रक्सीले मातेको बेला हप्काउँछ मुन्धुमलाई रक्सीका प्याला निल्दै इन्द्रेणी सपनाहरुसँग जिस्केर पारुहाङले भन्यो सुख्खा मनसँग- उठ ! पृथ्वीमा एउटा समुद्र बगाऔं। भर्खरै आकाशमा निस्केको जून शीतल रातसँग मस्किएर तरुण धर्तीको वक्षस्थल चुम्बन गर्दै नीलो आकाशमा छिल्लिँदै जीवनको पूर्ण नृत्य गर्छ। पारुहाङ र सुम्निमाका उन्मुक्तिका चाहनाहरु बूढो फेदाङ्बाजस्तै नाङ्गो पहाड साक्षी बनेर हेरिरहेछ उसको फेदबाट बग्दै गरेको समुन्द्र जूनको तस्वीर छातीमा सजाएर आफ्ना निद्रालुु आँखाहरु बिछ्याएर पारुहाङको प्रतिक्षा गरिरहेकी आदिम नायिका सुम्निमाका प्रेमिल यौवना देखेर पारुहाङसँग बग्लै गरेको नीलो समुन्द्र आक्रोश पोख्छ जून खिस्स हाँस्दै पहाडसँग छिल्लिन्छ त्यहीबेला मुन्धिम उठ्छ सुम्निमाको प्रेमिल काखमा पारुहाङ निदाउँछ र देख्छ कालो रातमा- उज्याला सपनाहरु साकेला र सिलीका तालमा यौवना सुम्निमाको नृत्य बूढो फेदाङ्बा जागेको मुन्धुम समातेर पारुहाङ र सुम्निमाको प्रेमलीला हेरिरहन्छ। (यी कविताहरु झमक घिमिरेको कविता संग्रह ‘प्रेमिल आकाश’ बाट साभार गरिएका हुन्।) स्रोत: अनलाइन खबर डट कमसाहित्य: झमक घिमिरेका चार कविता
प्रेमिल आकाश उ, त्यो डाँडामाथि झुल्किएको घामसँग म एउटा प्रेमिल आकाश खोजिरहेछु जहाँ पोखिन्छन् उज्याला किरणहरु गोधुली साँझसँग रमाउने चराहरुसँग न्यानोपन खेलिरहेको देखिरहेछु उनीहरुको सम्वादसँग प्रेमिल आकाश छ र प्रेमको आस्था छ। चेतनाको घाम लागेको मनसँग त्यही आँगनबाट म हराएको देश खोजिर…
