लुकिछिपी नेपाल भित्रिएका १५ भारतीय नागरिक प्रहरी नियन्त्रणमा

विराटनगर –१७ इश्लामपुर स्थित सिमा नाकाबाट १५ जना भारतीय नागरिक लुकिछिपी नेपाल प्रवेश गरेपछि सशस्त्र प्रहरी बल बीओपी रानीले उनीहरुलाई नियन्त्रणमा लिएको छ। कोभिड-१९ रोकथामका लागि सिमा नाका बन्द भए पनि भारतीयहरू लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । सरकारले तोकेका नाका प्रद…

लुकिछिपी नेपाल भित्रिएका १५ भारतीय नागरिक प्रहरी नियन्त्रणमा
विराटनगर –१७ इश्लामपुर स्थित सिमा नाकाबाट १५ जना भारतीय नागरिक लुकिछिपी नेपाल प्रवेश गरेपछि सशस्त्र प्रहरी बल बीओपी रानीले उनीहरुलाई नियन्त्रणमा लिएको छ। कोभिड-१९ रोकथामका लागि सिमा नाका बन्द भए पनि भारतीयहरू लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । सरकारले तोकेका नाका प्रदेश १ को मोरङको जोगवनी, सुनसरीको भान्टावरी, झापाको काँकरभिट्टा र इलामको पशुपती नगरको नाकाबाट मात्र आवत जावत गर्न अनुमति दिएको छ। यी १५ जना भारतीय नागरिक भने तोकेको नाका बाहेक अन्यत्र बाट नै नेपाल भित्रिएकाले सशस्त्र प्रहरी बल बीओपी रानीले उनीहरुलाई नियन्त्रणमा लिएर भारतीय प्रहरीलाई जिम्मा लगाएको हो।