नेपालीहरूको महान् पर्व वडादशैंको अवसरमा म्याक्सेल कम्प्युटरले ग्राहकहरुका लागि सोच्नै नसकिने भारी छुट र उपहारको ओइरोसहितको ’दशैं अफर’ सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत जुनसुकै ब्राण्डको ल्यापटप खरिदमा सीधा १० प्रतिशत नगद छुटका साथै विभिन्न उपहारहरू उपलब्ध गराएको छ।

अझ विशेष कुरा त, जुनसुकै कम्प्युटर सामग्री खरिद गर्दा प्राप्त हुने लकी ड्र कुपनमार्फत प्रथम पुरस्कार स्वरूप ६० हजार रुपैयाँ बराबरको ब्रान्ड न्यू ल्यापटप, दोस्रो पुरस्कार २७ इन्चको मनिटर र तेस्रो पुरस्कार गेमिङ हेडफोन जित्ने बम्पर अवसर राखिएको छ। पुतलीसडकस्थित शोरुमबाट वा आधिकारिक वेबसाइटमार्फत अनलाइन अर्डर गरेर सजिलै यो सुविधा लिन सकिने सञ्चालक समिरले बताएका छन्।

दशैंको मौकामा नयाँ ल्यापटप किन्ने वा आफ्नै रोजाइको कम्प्युटर असेम्बल गर्ने सोचमा हुनुहुन्छ भने म्याक्सेलको यो अफर तपाईंको लागि छुट्नै नहुने अवसर बन्न सक्छ।
