भेरी नदीमा जिप खस्यो, चालकसहित दुईजना बेपत्ता

सल्यानमा जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो। बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किँदै गरेको जिप दुर्घटन…

भेरी नदीमा जिप खस्यो, चालकसहित दुईजना बेपत्ता

सल्यानमा जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।

छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो।

बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किँदै गरेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा जिप चालक र जिपधनी भेरी नदीमा बेपत्ता भएका छन्। उनीहरूको पहिचान भने खुलिनसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी दीपक पातलीले जानकारी दिए।

बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासी परिचालन भएका छन्।

दुर्घटनामा वनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम विक र सोही ठाउँका २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन्। दुवैको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।